काठमाडौं, २६ फागुन । शसस्त्र द्वन्दमा ध्वस्त भएको पाल्पा दरबारको पुनः निर्माण भएको छ ।
दरबार ध्वस्त भएको १२ वर्षपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले नयाँ भवन बनाएको हो । दरबार पुननिर्माण भएपछि आफ्नै भवनबाट प्रशासनिक काम हुन थालेको छ ।
भुकम्प प्रतिरोधात्मक र अपाङ्ग मैत्री सुविधा सम्पन्न भवन बनाउन ४ करोड ३८ लाख खर्च भएको छ । ऐतिहासिक दरबार २०६२ सालको माघ १८ गते तत्कालिन माओवादीले आक्रमण गर्दा ध्वस्त भएको थियो ।