ललितपुरको कुसुन्तीमा गोली चल्यो, एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललितपुरको कुसुन्तीमा गोली चल्यो, एकको मृत्यु

shoot

२३ साउन, काठमाण्डौँ । ललितपुरको कुसुन्तीमा गोली चलेको छ । सोमबार दिउँसो प्रहरीले चलाएको गोली लागेर प्रवीण खत्री गम्भीर घाइते भएका थिए।

सुराकीका आधारमा महानगरिय प्रहरी अपराध महाशाखा टेकुको टोलीले उनको घरमा खानतलासी गर्दा खत्रीले प्रहरीमाथि गोली चलाएका थिए । प्रहरीको जवाफि कारवाहीमा परी उनी गम्भीर घाइते भएका थिए  ।

उनको  पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी लागू औषधको कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);