साल्ट ट्रेडिङको मुनाफा ७३ करोड ९३ लाख | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

साल्ट ट्रेडिङको मुनाफा ७३ करोड ९३ लाख

पेट्रोलियम पदार्थको कारोबार चाँडै संचालनमा आउने

काठमाडौं, २२ फागुन । सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले ७३ करोड ९३ लाख कूल मुनाफा आर्जन गर्न सफल भएको छ । कर्पोरेशनले गत वर्ष भन्दा यस वर्ष ६१ करोड २४ लाख मुनाफा आर्जन गर्दै कूल मुनाफा ७३ करोड ९३ लाख पुर्याउन सफल भएको हो ।

कर्पोरेशनको ५१ औं स्थापना दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ८ अरव ५८ करोडको कारोवार भएको बताइएको छ । कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून मुनाफा लिएर कारोबार भईरहेको बताए ।

कर्पोरेशनले पूँजीको अभावमा व्यापार, व्यवसायको दायरा बढाउन नसकिएको पनि स्पष्ट पारेको छ । कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले पूँजीको अभावका कारण व्यापार, व्यवसायको दायरा बढाउन नसकिएको बताइन् । उनले सरकारको निर्देशन अनुसार अत्यावश्यक बस्तुहरुको विक्री-वितरण गर्दै लैजाने योजना पनि सुनाइन् ।

कर्पोरेशनले खाद्य सुरक्षा अन्तरगतको कामलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने तयारी गरेको छ । नुन नै कर्पोरेशनको मुख्य कारोबार हो ।

पेट्रोलियम पदार्थ विक्री गर्ने कर्पोरेशनले योजना बनाएपनि अझै लागू गर्न सकेको छैन । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने अनुमति आयल निगमबाट लिएको भन्दै चाँडै संचालनमा आउने जानकारी दिए ।