पाकिस्तानका प्रधानमन्त्री अब्बासी स्वदेश फर्किए | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

पाकिस्तानका प्रधानमन्त्री अब्बासी स्वदेश फर्किए

काठमाडौं, २२, फागुन । पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन तथा सार्क शिखर सम्मेलनका विषयमा छलफल गर्न सोमबार काठमाडौं आएका उनी मंगलबार मध्यान्ह स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका छन् । यस अघि प्रधानमन्त्री अब्बासीले राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेट गरेका थिए ।

उनलाई मंगलबार विहान माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भेट गरेका थिए । सोमबार साँझ प्रधानमत्री केपी ओलीसँगको भेटमा दुई पक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसअघि प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनरको सम्मान दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);