टीकापुर,२१ फागुन । टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले जेलभित्रै अनसन सुरु गरेका छन् । राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर–१ बाट निवाचित चौधरीले सांसदको सपथ खान पाउनुपर्ने तथा कैलाी घटनाका दोषिका नाममा थुनिएकालाई रिहाइ गर्नुपर्ने माग राखेका छन् ।
चौधरीसँगै २४ जना बन्दीले साँझ ५ बजेर ४० मिनेटदेखि कारागारभित्रै अनशन सुरु गरेका हुन् । लामो समयदेखि फरार रहेका चौधरीले गत १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । आत्मसमर्पणपछि उनलाई ज्यानमार्ने उद्योगको अभियोगमा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।