काठमाडौं, २१ फागुन । नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रति लिटर एक रुपैयाँ घटाएको छ । निगमको संचालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
उपभोक्ताले अब एक लिटर पेट्रोलका लागि एक सय ३ रुपैयाँ तिर्नुपर्छ । भारतमा पेट्रोलियम पदार्थको मुल्य केहि निगमले पेट्रोलको मूल्य घटाएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ । भारतीय आयल निगम (आइओसी) बाट प्राप्त मुल्य सूची अनुसार निगमलाई पेट्रोलियम पदार्थ बिक्रीबाट दिनमा एक करोड नाफा हुन्छ ।