भाइबरबाट १० लाख ठग्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

भाइबरबाट १० लाख ठग्ने पक्राउ

pakrau

धरान, १९ फागुन ।भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । उनीहरूले २५ लाखसम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए । लट्री परेको भन्दै रकम माग्ने मुख्य योजनाकार भने अझै पक्राउ परेका छैनन् ।

इलाका प्रहरी कार्यालय धरानले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सहयोगमा विराटनगर र काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो । धरानका रमेशकुमार श्रेष्ठको जाहेरीका आधारमा विराटनगर र काठमाडौँबाट पाँचजना पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए । पैसा रिसिभ गर्ने पक्राउ परे पनि मुख्य योजनाकार भने भारत या पाकिस्तानमा रहेको हुनसक्ने प्रहरीको अनुमान गरिएको छ ।

पक्राउ पर्नेमा विराटनगरका २३ वर्षीय असिम महत, उनी आमा ४० वर्षीय अनिता महत (राउत), नवलपरासी घर भई काठमाडाैँ बस्ने ३० वर्षीय यसकुमार थापा मगर, लम्जुङ घर भई काठमाडाैँ बस्ने ३७ वर्षीय प्रितम गुरुङ र बाग्लुङ घर भई काठमाडौं बस्ने टीकाराम जैसी छन् । महत आमा छोरालाई गत १० माघमा विराटनगरबाट पक्राउ गरिएको डिएसपी पौडेलले जानकारी दिए । उनीहरूकै बयानका आधारमा १४ फागुनमा थापा र गुरुङ तथा १५ फागुनमा जैसी काठमाडौंबाट पक्राउ परेका हुन् ।

पक्राउ गरेका असिम महत दिल्लीमा बसेर अध्ययन गरी झन्डै डेढ वर्षअघि नेपाल फर्किएका थिए । यसकुमार भने भारतको केरालामा चौकीदार गर्दै आएका थिए । उनी हाल कीर्तिपुरमा डेरा लिएर संगठित रूपमा ठगीमा लागेको पाइएको प्रहरीले जनाएको छ । गुरुङ भारतीय सेनाका हवल्दार हुन । उनी रिटायर भएपछि काठमाडौं बस्दै आएका थिए ।

उनीहरूले लिएको केही रकम भारतीय बैंकमा पनि जम्मा गरेको पाइएको डिएसपी पौडेलले बताए । भाइबर गर्ने व्यक्तिले भने पाकिस्तानी नम्बर प्रयोग गरेको देखिन्छ । उनका अनुसार ठगीको गिरोह नेपाल, भारत र पाकिस्तानमा बसेर धन्दा चलाइरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

‘मुख्य योजनाकार भाइबर चलाउने देखिएको छ,’ डिएसपी पौडेलले भने, ‘भाइबर चलाउने व्यक्तिको खोजी भइरहेको छ, पञ्जाव बंैकमार्फत पैसा रिसिम गर्ने व्यक्तिलाई पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय भई पत्राचार गरिएको छ ।’ अन्य जिल्लामा पनि पीडित हुनसक्ने भएकाले ७७ वटै जिल्लामा उजुरी गर्नका लागि माताहतका निकायमार्फत खबर गरिएको उनले जानकारी दिए ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);