अर्घाखाँची, १७ फागुन । अर्घाखाँचीबाट प्रतिनिधि सभाका सदस्य एवं माओवादी नेता टोपबहादुर रायमाझीका बाबुको निधन भएको छ । रायमाझीका बाबु बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा बुधबार साँझ आफ्नै निवासमा निधन भएको हो ।
रायमाझीको घर सन्धिखर्क नगरपालिकाको अर्घामा पर्छ । उनी लामो समयदेखि मुटुसम्बन्धी रोकबाट पीडित थिए । उनका श्रीमति, दुई छोरा र दुई छोरी छन् ।
उनको आज सन्धिखर्कको रुक्दि घाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । माओवादी नेता रायमाझीले बाबुको पार्थिव शरिरमा दागबत्ति दिएका थिए ।




