प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौंः रास्वपा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८३, शुक्रबार

प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौंः रास्वपा

काठमाडौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ ।शुक्रवार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलका शिर्ष नेताहरूलाई बोलाएपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस्तो बताउनुुभएको हो । उहाँले निर्वाचन आयोगले राखेको छलफलमा स्थानीय तह र प्रदेशको निर्वाचन सँगै गराउने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयका दुवै पक्षका फाइदा र बेफाइदाबारे छलफल हुने बताउनु भयो । खरेलले निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच वृहत छलफल गरेर मात्रै निर्वाचनको विषयमा निष्कर्ष निकाल्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले शुक्रवारको छलफल प्रारम्भिक चरणको मात्रै भएकाले यसैबाट रास्वपाको आधिकारिक धारणा तय नहुने स्पष्ट पार्नुभयो । छलफलपछि आवश्यकताअनुसार राजनीतिक दलहरूबीच, सरकार र निर्वाचन आयोगबीच तथा अन्य सरोकारवालासँग थप छलफल गरेर पार्टीले आफ्नो आधिकारिक धारणा अघि बढाउने उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार