श्रीलंकाका लागि प्रश्तावित राजदुत झालाई सांसद पुनको सुझावः लुम्बिनीको ब्राण्डिङमा केन्द्रित हुनु | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

श्रीलंकाका लागि प्रश्तावित राजदुत झालाई सांसद पुनको सुझावः लुम्बिनीको ब्राण्डिङमा केन्द्रित हुनु

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रवद्र्धन र धार्मिक पर्यटनमा केन्द्रित हुन श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झासँग आग्रह गर्नुभएको छ ।
संसदीय सुनुवाईको क्रममा बुधवार संसदीय सुनुवाई समितिको बैठकमा सांसद पुनले विशेषगरी श्रीलंकाबाट आउने बौद्ध धर्मावलम्बीहरूलाई भारतीय भूमि हुँदै लुम्बिनी भ्रमण गराउने र नेपालमा बसाइ नराख्ने प्रवृत्ति चिर्न कुटनीतिक पहल आवश्यक रहेको बताउनुभएको हो । सांसद पुनले प्रश्तावित राजदुत डा. झाको प्राज्ञिक र पेसागत पृष्ठभूमि राम्रो रहेको भन्दै प्रशंसा गरे पनि कार्ययोजना थप ‘बोल्ड’ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले सन् २००९ मा श्रीलंका भ्रमण गर्दाको एक उदाहरण दिँदै कुटनीतिक कमजोरीका कारण नेपालको भूमिमा बुद्धको जन्मस्थल रहेको तथ्य ओझेलमा परेको दुखेसो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको लुम्बिनी नै बुद्धको जन्मस्थान हो भन्ने ब्राण्डिङ गर्ने प्रमुख जिम्मेवारी श्रीलंकाका लागि नियुक्त हुने राजदूतको काँधमा छ । अहिले पर्यटकहरू भारतको बाटो भएर आउने र लुम्बिनीलाई मात्र छोएर फर्किने गरेका छन् । उनीहरूलाई नेपालको भूभागमा नै पूर्ण भ्रमण गराउने र त्यसको श्रेय नेपाललाई नै दिने वातावरण सिर्जना गर्नुपर्छ ।’
सांसद पुनकाअनुसार केही पर्यटकहरूले भारतबाटै सबै व्यवस्थापन गरी आउने र नेपालमा प्रवेश गरे पनि आफू भारतमै रहेको भ्रम पाल्ने अवस्था छ । यसलाई अन्त्य गर्न श्रीलंकास्थित नेपाली दूतावासले प्रभावकारी समन्वय गर्नुपर्ने उहाँको भनाइ छ । जवाफमा प्रश्तावित राजदुत झाले आफ्नो कार्ययोजना र प्राथमिकताहरूबारे समिति समक्ष प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार