जनस्वास्थ्यप्रति गम्भीर बन्न स्वास्थ्यकर्मीलाई मुख्यसचिवकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

जनस्वास्थ्यप्रति गम्भीर बन्न स्वास्थ्यकर्मीलाई मुख्यसचिवकाे निर्देशन

काठमाडौं, १५ फागुन । मुख्यसचिव लोकदर्शन रेग्मीले जनस्वास्थ्यमा हेलचेक्राइँ नगरी काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् ।

स्वास्थ्यकर्मीको गल्तीबाट पीडित बनेकाबारे विभिन्न विवरणहरु सार्वजनिक भइरहेको सन्दर्भमा मुख्यसचिव रेग्मीले जनस्वास्थ्यप्रति गम्भीर बन्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका हुन् ।

मंगलबार स्वास्थ्य सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक भावनाको विकास गरेर स्वास्थ्यकर्मीले काम गर्नुपर्नेमा जोड दिए ।

हालैमात्र काठमाडौँस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकले देब्रे खुट्टाको समस्या लिएर भर्ना भएकी चितवनकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको शल्यक्रिया गरेको तथ्य सार्वजनिक भएको थियो ।

यसैगरी म्याग्दीको बेनी अस्पतालका स्वास्थ्यकर्मीले आइरन चक्की लिन गएकी गर्भवती महिलालाई जुकाको औषधि दिएर चरम लापर्बाही गरेकाे खबर सार्वजनिक भएकाे छ ।