नेपाली काँग्रेसको १५ औँ महाधिवेशनः किशोर सिंह राठौरद्वारा सभापतिको उम्मेदवारी फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

नेपाली काँग्रेसको १५ औँ महाधिवेशनः किशोर सिंह राठौरद्वारा सभापतिको उम्मेदवारी फिर्ता

काठमाडौं ।

काठमाडौंमा जारी नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा नेता किशोर सिंह राठौरले पार्टी सभापतिको उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ । पार्टीभित्रको असहज परिस्थिति र वृहत्तर हितलाई मध्यनजर गर्दै आफूले सभापतिको दौडबाट पछि हटेर सभापति गगनकुमार थापालाई समर्थन गर्ने निर्णय लिएको उहाँले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । राठौरले उम्मेदवारी फिर्ता लिनुको पछाडि कुनै ‘बार्गेनिङ’ नभएको दाबी गर्नुभएको छ । उहाँले कुनैपनि पदको प्रलोभनमा नपरी पार्टीको हित र कार्यकर्ताको भावनालाई कदर गर्दै यो निर्णय लिएको बताउनु भयो । आफ्नो ४० वर्ष लामो राजनीतिक अनुभव सुनाउँदै नेता राठौरले काँग्रेसभित्र मौलाएको अराजकता र अनुशासनहीनताप्रति चिन्ता व्यक्त गर्नुभयो ।नयाँ पुस्ताको राजनीतिमा आगमनलाई सकारात्मक रूपमा लिँदै उहाँले युवा पुस्तालाई काँग्रेसको गौरवमय इतिहास, संस्कार र मर्यादित राजनीतिक शैलीबारे बुझाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार