अनलाइन सफ्टवेयरबारे अध्ययन गर्न कमिटी गठन | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

अनलाइन सफ्टवेयरबारे अध्ययन गर्न कमिटी गठन

aartha mantralaya

काठमाडौं, १५ फागुन । नेपाल स्टक एक्सचेन्ज नेप्सेले निर्माण गरिरहेको अनलाइन सफ्टवेयरबारे अध्ययन गर्न अर्थ मन्त्रालयले कमिटी गठन गरेको छ । केहि दिन अघि मात्रै सफ्टवेयरबारे अध्ययन गर्न कमिटी गठन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

कमिटीमा अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा संयोजक रहने गरी नेपाल धितोपत्र बोर्ड र सूचना प्रविधि विभागका प्रतिनिधि सहभागी रहेने भएको छ । लगानीकर्ताले अनलाइन कारोबार प्रणाली बिस्तार गर्न नेप्सेले बिलम्ब गरेको र वास्तविकताबारे अन्योल सिर्जना भएको भन्दै मन्त्रालयमा गुनासो गरेका कारण अध्ययन कमिटी गठन गरेको मन्त्रालयले जनाएको छ ।

लगानीकर्तालाई अनलाईन प्रणालीमा लैजाने प्रक्रियामा रहेको नेप्सेले खरिद गर्न लागेको सफ्टवेयर सम्झौता अनुसार भए नभएकोसमेत कमिटिले अध्ययन गर्नेछ । नेप्सेका अनुसार अनलाइन प्रणालीका लागि सफ्टवेयर बिस्तार गरिरहेको कम्पनीले १६ वटा छुट्टाछुट्टै प्रणालीको विकास गरिरहेको छ ।

नेप्सेको २०७३ माघ १८ गते बसेको संचालक समिति बैठकले तत्काल नेप्सेलाई अनलाइन ट्रेडिङमा लैजाने निर्णय गरेको थियो । सम्झौता अनुसार नेप्सेले १४ महिनामा भित्र पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली बिस्तार गर्ने जनाएको थिया