कांग्रेसमा संसदीय दलको नेताका लागि दौडधुप | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

कांग्रेसमा संसदीय दलको नेताका लागि दौडधुप

congress

काठमाडौं, १५ फागुन । केन्द्रीय कार्य समितिको आइतबार बसेको बैठकले दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेपछि कांग्रेसमा संसदीय दलको नेताका लागि दौडधुप सुरु भएको छ।

आइतबारको बैठकले चिनकाजी श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। फागुन २० गते दुवै संघीय सदनका सांसदको शपथ भएकाले कांग्रेस २१ गते संसदीय दलको नेताको चुनाव गर्ने तयारीमा जुटेको छ। समिति अध्यक्ष श्रेष्ठले भने, ‘२० गते सांसदले शपथ लिएलगत्तै संसदीय दलको नेता चयन गर्न मतदाता नामावली प्रकाशन गर्ने तयारी छ।’ त्यसका लागि मंगलबार समितिको बैठक बस्दै छ। उनले दाबी विरोधका लागि केही घण्टा दिइने र त्यसपछि उम्मेदवारको मनोयन गराइने बताए। सकेसम्म सर्वसम्मत नभए चुनावबाट दलको नेता चयन गर्ने कांग्रेस नेताहरूले बताए।

निर्वाचन समिति सदस्य नवीन्द्रराज जोशीका अनुसार दलको नेताका लागी शीर्ष तहबाट समेत सर्वसम्मत गराउने प्रयास सुरु भएको छ। संघीय संसदन्तर्गत प्रतिनिधिसभामा ६३ र रााष्ट्रियसभामा १३ जना कांग्रेसका सांसद छन्। पार्टी सभापति शेरबहादुर देउवा आफैं संसदीय दलको नेता बन्नु पर्ने लबिङमा देउवापक्षीय नेताहरू लागेका छन् भने पौडेललगायत अन्य खेमाका नेताहरू सभापतिबाहेक अरुलाई दलको नेता बनाउँदा सकारात्मक सन्देश जाने लबिङ गरिरहेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले लबिङ गर्न बोहोराटारस्थित निवासमा कांग्रेसका सासंदहरूलाई चियापानमा निम्त्याएका थिए। उनको चियापानमा सभापति देउवा पक्षका सांसदको उल्लेखनीय उपस्थिति नरहेको सहभागी एक नेताले बताए। आइतबारको बैठकमा पौडेलले देउवामाथि विभिन्न आरोप लगाउँदै प्रश्नहरू सोधेका थिए। उनले चियापानमा सांसद बोलाउनुलाई कांग्रेसभित्र अर्थूर्ण रूपमा लिइएको छ।

सभापति देउवापक्षीय नेताहरूका अनुसार ७६ जना कांग्रेस सांसद रहेको संघीय सदनमा देउवासँग ४० भन्दा धेरै भएकाले उनी नै दलको नेता चुनिनेमा ढुक्क छन्। आइतबारको बैठकले पारित गरेको संसदीय विधानअनुसार सर्वसम्मत नभए चुनावमा ५० प्रतिशत मत ल्याउने उम्मेदवार संसदीय दलको नेता बन्ने छ। दलको नेताले आवश्यकताअनुसार उपनेता छान्न पाउने भए पनि संसदीय बोर्डको प्रदेशदेखि विभिन्न आरक्षित समूहबाट समेत २९ जना प्रतिनिधि चुनिने छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);