राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्क प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्क प्रस्थान

काठमाडौँ । 
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।प्रधानमन्त्री शाह कतारको दोहा हुँदै अमेरिका पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उहाँ दोहाबाट असोज ७ गते न्युयोर्क प्रस्थान गर्नुहुनेछ।प्रधानमन्त्री शाहलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्द्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि तथा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत लगायतका कूटनीतिक अधिकारीहरूले स्वागत गर्नुहुने बताइएको छ । सोही दिन उहाँ न्युयोर्कस्थित संयुक्त राष्द्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ ।
नियोगमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, कार्यवाहक राजदूत र महावाणिज्यदूतले प्रधानमन्त्रीलाई भ्रमणका विविध पक्षबारे ब्रिफिङ गर्ने कार्यक्रम छ। त्यसलगङ्खै प्रधानमन्त्री शाह आफ्ना सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी हुनुहुनेछ।भ्रमण तालिका अनुसार असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्र«सङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता हुनेछ। सोही दिन उहाँले संयुक्त राष्द्रसङ्घको महासभालाई नेपालका तर्फबाट सम्बोधन गर्नुहुनेछ।
महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री शाह असोज ९ गते न्युयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई कतारका लागि नेपाली कार्यवाहक राजदूत र अन्य वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाइ गर्नुहुनेछ ।प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी यही असोज १० गतेस्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।

Leave a Reply

ताजा समाचार