खोज तथा उद्धारमा सरकारको कमजोरीको कारण नागरिकले अकालमै ज्यान गुमाएः श्रम संस्कृति पार्टी | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

खोज तथा उद्धारमा सरकारको कमजोरीको कारण नागरिकले अकालमै ज्यान गुमाएः श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले रसुवालगायत बाढी प्रभावित जिल्लाहरुमा सरकारले खोज, उद्धार र राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नसकेको आरोप पनि लगाउनु भयो । उहाँले रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका नागरिकको उद्धारमा पर्याप्त मात्रमा सुरक्षाकर्मी तथा विज्ञ परिचालन नगरिएको पनि बताउनु भयो । प्रमुख सचेतक राईले चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता भएको जानकारीमा आएको बताउनु भयो । उहाँले सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने नागरिकको समेत अकालमा ज्यान गएको आरोप पनि लगाउनु भयो ।

उहाँले खोज, उद्धार र राहतको विषयलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

ताजा समाचार