अमेरिकी सेनाद्वारा तीन इरानी कच्चा तेल वाहक जहाजमाथि आक्रमण | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

अमेरिकी सेनाद्वारा तीन इरानी कच्चा तेल वाहक जहाजमाथि आक्रमण

अमेरिकी सेनाले इरानका तीनवटा कच्चा तेल वाहक जहाजहरूमाथि आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकॉम) ले शनिवार सामाजिक सञ्जालमार्फत उक्त सैन्य कारबाहीको पुष्टि गरेको हो । सेन्टकॉमद्वारा जारी विज्ञप्तिअनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले क्षेत्रीय जलक्षेत्रमा गस्ती गरिरहेका अमेरिकी नौसेनाका दुईवटा युद्धपोतमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी सेनाले यो कदम चालेको हो । इरानी आक्रमणबाट कुनैपनि अमेरिकी कर्मचारी घाइते नभएको सेन्टकॉमले स्पष्ट पारेको छ । अमेरिकी सैन्य कारबाहीमा खार्ग टापुको तटीय क्षेत्रमा रहेको ‘एम÷टी डाउनी’ र जास्क नजिकै रहेको ‘एम÷टी स्टार्क १’ नामक कच्चा तेल वाहक जहाजहरूलाई स्थायी रूपमा काम नलाग्ने (डिसेबल) बनाइएको छ। यसैगरी, ओमानको खाडीमा रहेको ‘एम÷टी कायलो’ नामक रित्तो कच्चा तेल वाहक जहाजलाई पूर्ण रूपमा नष्ट गरिएको छ ।
विज्ञप्तिमा जनाइएअनुसार, ‘एम÷टी कायलो’ का चालक दलका सदस्यहरूलाई जहाज छोड्न निर्देशन दिइएपछि उक्त जहाजलाई पुनः सञ्चालन गर्न नमिल्ने गरी विभिन्न संवेदनशील स्थानहरूमा प्रहार गरिएको थियो ।
क्षेत्रीय तनाव बढ्दै जाँदा भएको यस पछिल्लो घटनालाई सुरक्षा निकायहरूले निकै चासोका साथ हेरेका छन् ।

Leave a Reply