विपद्को समयमा एआईमार्फत ‘स्टन्ट’ नगर्न अध्यक्ष ओलीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

विपद्को समयमा एआईमार्फत ‘स्टन्ट’ नगर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्को घडीमा कृत्रिम तस्बिरको सहारा लिएर सस्तो लोकप्रियता कमाउन खोज्ने प्रवृत्तिको आलोचना गर्नुभएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष ओलीले अहिलेको मुख्य प्राथमिकता उद्धार, राहत तथा पुरिएका संरचनाबाट धनमाल निकाल्ने कार्यमा हुनुपर्नेमा जोड दिनुभयो । बाढीपहिरोका कारण देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले प्रविधिको दुरुपयोग गरी कृत्रिम दृश्यहरू निर्माण गरेर प्रचारबाजीमा लाग्नेहरूप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले सम्पूर्ण ध्यान र सामथ्र्य राहत र पुनःस्थापनामा लगाउनुपर्ने बताउँदै प्रचारमुखीभन्दा सेवामुखी हुन सबैलाई आग्रह गर्नुभयो ।

Leave a Reply