गुन्डागर्दी शून्यमा झार्छु : प्रहरी प्रमुख पोखरेल | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

गुन्डागर्दी शून्यमा झार्छु : प्रहरी प्रमुख पोखरेल

काठमाडौँ, १३ फागुन । काठमाडौँका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले काठमाडौँमा गुन्डागर्दी शून्यमा झार्ने उद्घोष गरेका छन् । टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा पत्रकार सम्मेलन गरी एसएसपी पोखरेलले काठमाडौँमा आपराधिक घट्ना न्यूनिकरण गर्ने योजना सार्वजनिक गर्दै गुन्डागर्दी शून्यमा झार्ने बताएका हुन् ।

योजनाअनुसार पहिलो चरणमा जनता र प्रहरीबीच विश्वासको वातावरण सिर्जना गर्न काठमाडौँका ४३ स्थानमा सार्वजनिक सुनुवाई गरिनेछ । यस्तै गुन्डागर्दी नियन्त्रण गर्न सूचनाको लागि नागरिक समाज र युवाहरुको समूहसँग गोप्य सम्झौता गर्ने योजना पनि एसएसपी पोखरेलले सुनाए । काठमाडौँमा विभिन्न अपराधमा संलग्न ३ सय ७२ अभियुक्त फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई तत्काल कानुनको दायरामा ल्याउन विशेष ‘अपरेशन’ नै संचालन गरिएको एसएसपी पोखरेलले जानकारी दिए ।

इच्छाविपरित लोला हाने घरैमा गएर पक्राउ 
उनले होली पर्वमा कसैको इच्छाविपरित जबर्जस्ती रंग, लोला हान्ने काम नगर्न आग्रह पनि गरे । त्यसो गरेको पाइए तत्काल पक्राउ गरी कारबाही गर्ने उनले चेतावनी समेत दिए ।

काठमाडौँ प्रहरीले अब कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्ने बताउँदै एसएसपी पोखरेलले जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता पनि जनाए । पछिल्लो समय सिभिल प्रहरीको अवैध कारोबारमा संलग्नता बढ्दै गएको तथ्य बाहिरिएपछि केही दिन अघिमात्र पोखरेललाई सरुवा गरी काठमाडौँ ल्याइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);