प्राविधिक शिक्षालयको विषयमा औपचारिक छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

काठमाडौं, १३ फागुन । सरकारले स्थानीय तहमा स्थापना गर्ने भनिएको प्राविधिक शिक्षालयको नीतिगत तथा संरचनागत ढाँचाका विषयमा औपचारिक छलफल सुरु गरेको छ । एकै विषय वा फरक–फरक विषय पठनपाठन हुनेगरी प्राविधिक शिक्षालयको नीतिगत र सरचनागत ढाँचा तयार पार्न छलफल सुरु गरिएको शिक्षा मन्त्रालय जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र ७ सय ५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका थिए । एमाले र माओवादी सम्मिलित वाम गठबन्धनको साझा घोषणापत्रमा प्राविधिक शिक्षातर्फ ३० र प्राज्ञिक शिक्षातर्फ ३० प्रतिशत बनाउने उल्लेख छ । सोहीअनुसार प्रधानमन्त्री ओलीले सिसिइभिटीमार्फत सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने बताउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);