सीटीईभीटीले गर्‍यो मन्त्रीको चाकडी, शिक्षामन्त्रीलाई निर्माण प्रकृया नै पूरा नभएको शिक्षालयको शिलान्यास गर्न हतार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सीटीईभीटीले गर्‍यो मन्त्रीको चाकडी, शिक्षामन्त्रीलाई निर्माण प्रकृया नै पूरा नभएको शिक्षालयको शिलान्यास गर्न हतार

giriraj mani

काठमाडौं, ३० बैशाख । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्माण प्रकृया नै पूरा नभएको दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास गरेका छन् । यो समाचार आजको लेखेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी)ले कुनै प्राविधिक तयारी नै पुरा नगरी मन्त्री पोखरेललाई शिलान्यास गर्न लगाइएको हो ।

मन्त्री पोखरेलले शिलान्यास गर्ने विषयमा जानकारी नै नलिई लोकप्रियता कमाउन महोत्तरीको बर्दिवासको खयरमारामा निर्माण गर्ने तयारीमा रहेको निर्मल लामा नमुना प्राविधिक शिक्षालय र चितवनको माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालय शिलान्यास गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);