पाटन दरवार स्क्वायरको पुनर्निर्माणमा ढिलासुस्ती | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

पाटन दरवार स्क्वायरको पुनर्निर्माणमा ढिलासुस्ती

कविता कार्की
काठमाडौँ , १३ फागुन । विनाशकारी भूकम्पले क्षति पुर्याएको ३४ महिना पुग्दा पनि ललितपुरको पाटन दरवार स्क्वायरको हालत उस्तै छ । यस्ता ऐतिहासिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा सम्बन्धित निकायको ढिलासुस्तीले नेपाली मौलिकताको संरक्षणमा गम्भीर प्रश्न उब्जिएको छ ।

ललितपुर महानगरपालिकाको मुटुमै रहेका कृष्ण मन्दिर र पाटन दरवार स्क्वाएर ३४ महिनादेखि पुनर्निर्माणको पर्खाइमा छन् । भूकम्पमा ढलेको राजा योगनरेन्द्र मल्लको शालिक गत वर्ष उठाइएपनि दरवार क्षेत्रमा भूकम्पले ढलेका अरु मठ, मन्दिर भने पुनर्निर्माणको चरणमै छन् । धेरै सम्पदा जीर्ण भएका छन्, कतिपय त टेको नै लगाएर अड्याइएको छ ।

क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि पटक–पटक बजेट छुट्याइयो पनि । तर, सम्बन्धित निकायको ‘अल्छि’ प्रवित्तिले गर्दा पुनर्निर्माणको काममा अत्यन्तै ढिलाई भइरहेको छ । त्यसैले पनि महानगरसहित जर्मनी, जापान, भारतलगायतका देशबाट प्राप्त बजेट मृगमरिचिका बन्न पुगेको छ । झण्डै ३ वर्षसम्म टेकाले अड्याइएको दरबार स्क्वाएरले कहिले पूर्णता पाउँछ भन्नेबारे सम्बन्धित निकायले अझै स्पष्ट जवाफ दिन सकिरहेका छैनन् ।

दरबार स्क्वाएरसँगै रहेको कृष्ण मन्दिर पुनर्निर्माणको कामले २ महिनाभित्र पूर्णता पाउने महानगरपालिकाले बताएको छ । जर्मनी र जापानको ८५ लाख रुपैयाँको सहयोगमा उक्त मन्दिरको पुनर्निमाण भइरहेको छ । भूकम्पले ढलेका साँस्कृतिक सम्पदा निर्माणमा ढिलाई हुँदा पर्यटन क्षेत्रमा पनि त्यसको नकारात्मक असर परेको पर्यटन व्यवसायीहरु बताउँछन् । स्थानीयबासी पनि ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति निकै असन्तुष्ट छन् ।

साना–ठूला गरी भूकम्प प्रभावित भूकम्प जिल्लामा ७ सय ५३ वटा ऐतिहासिक सम्पदामा क्षति भएको राष्ट्रिय पुनर्निर्माण प्राधिरकणको तथ्यांक छ । तीमध्ये काठमाडौंमा २ सय ५०, पाटनमा १ सय ३० र भक्तपुरमा ७८ वटा छन् । काठमाडौं उपत्यका भित्र पर्ने विश्वसम्पदा सूचिमा परेका ७ सम्पदा छन् । यस्ता सम्पदाको पुनर्निर्माणमा सम्बन्धित पक्ष गम्भीर बन्न जरुरी छ । किनकी, यी सम्पदा नेपालका चिनारी र सम्पत्ती हुन् । क्यामेरामा विपिन अर्यालका साथमा

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);