रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधवार आएको भीषण बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ ।
बाढी प्रभावित क्षेत्रमा हाल बेपत्ता भएकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई निरन्तरता दिइएको छ । बाढीका कारण विस्थापित भएका परिवारहरूको राहत व्यवस्थापन र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले सक्रियता देखाएको छ । यसका साथै, बाढीमा परी ज्यान गुमाएकाहरूको शव संकलन तथा व्यवस्थापनको कार्य समेत तदारुकताका साथ अगाडि बढाइएको छ । स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनस्र्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

Leave a Reply

ताजा समाचार