एनजीओलाई मात्रै दोष दिन मिल्दैन, लक्षित वर्गको जिम्मेवारी राज्यले लिनुपर्छः सांसद रानामगर | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

एनजीओलाई मात्रै दोष दिन मिल्दैन, लक्षित वर्गको जिम्मेवारी राज्यले लिनुपर्छः सांसद रानामगर

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ईन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजीओ) लाई दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ । बिहीवार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उहाँले एनजीओ तथा नागरिक समाजले राज्यको जिम्मेवारीसमेत वहन गरिरहेको बताउनु भयो । उहाँले अरुलाई दोष दिनुभन्दा पहिला सरकारले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउनु भयो । उहाँले एनजिओ तथा आईएनजिओले सरकारले गर्न नसकेका कामहरु गरिरहेको दाबी गर्नुभयो । राम्रा काम गर्ने एनजीओलाई नियन्त्रणभन्दा पनि सहकार्य र नियमित अनुगमन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले एनजीओले प्राप्त गर्ने रकमको पारदर्शिता र अनुगमन आवश्यक रहेको बताउनु भयो । उहाँले समाज कल्याण मन्त्रालयको सम्पत्ति तथा स्रोतको प्रभावकारी उपयोग हुन नसकेको बताउनु भयो ।उहाँले कर्णालीलगायत दुर्गम क्षेत्रमा जाने सरकारी तथा अन्य स्रोतको रकमको प्रभावकारी अनुगमन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply