मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान शुरु | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान शुरु

कञ्चनपुर,  १२ फागुन । मानव बेचबिखन नियन्त्रण गर्ने उदेश्यले मेची-महाकाली यात्रा सुरु भएको छ । “हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने नाराका साथ माइती नेपालले मेची-महाकाली यात्रा सुरु गरेको हो ।

यात्रा काँकरभिट्टा र कञ्चनपुरबाट सुरु गरिएको हो । खुल्ला सिमा नाकाबाट चेलिबेटी बेचबिखन बढेको भन्दै माईती नेपालले नाकाबाट अभियान सुरु गरेको हो ।

कञ्चनपुरमा यात्राको उद्धघाटन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले मानव बेचबिखनलाई शुन्यतामा झार्ने प्रतिबद्धता व्यक्त गरे । यात्रा फागुन १७ गते हेटौडा पुगेर समापन हुने माइती नेपालले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);