सुरक्षा चुनौतीका कारण ट्रम्पले टर्कीमा गोप्य रूपमा विमान परिवर्तन गरेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

सुरक्षा चुनौतीका कारण ट्रम्पले टर्कीमा गोप्य रूपमा विमान परिवर्तन गरेको खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चुनौतीका कारण गत महिना टर्की भ्रमणका क्रममा ‘एयर फोर्स वान’ छाडेर गोप्य रूपमा अर्कै विमान प्रयोग गरेको खुलासा गरेका छन् । नेटो शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेका ट्रम्प क्यामेराकै अगाडि ‘एयर फोर्स वान’ मा चढेका थिए। तर वासिङ्टन पोस्टकाअनुसार उनी विमानभित्रैबाट विमानस्थलको क्याटरिङ ट्रकको सहायताले गोप्य रूपमा बाहिरिएर नजिकै रहेको अमेरिकी वायुसेनाको अर्को सानो विमानमा स्थानान्तरण भएका थिए । आफ्नो सुरक्षा निकाय (सेक्रेट सर्भिस) र सैन्य अधिकारीहरूको सुझावअनुसार आफूले विमान परिवर्तन गरेको ट्रम्पले बताएका छन् ।
उहाँले, ‘मैले सुरक्षाकर्मी र सैन्य अधिकारीहरूको निर्देशन पालना गरेको हुँ । उनीहरूले मलाई अर्कै विमानबाट जान आग्रह गरे र मैले सोही बमोजिम गरेँ। मलाई लाग्छ त्यहाँ कुनै सुरक्षा खतरा थियो । मैले यस बारेमा धेरै सोधखोज गरिनँ, किनभने मलाई यस्ता धेरै थ्रेटहरू आइरहन्छन् ।’
ट्रम्प विमानमा नरहेको कुराबाट अनविज्ञ रहेका वरिष्ठ अधिकारीहरू, कर्मचारी र पत्रकारहरूलाई लिएरै ‘एयर फोर्स वान’ टर्कीबाट प्रस्थान गरेको समाचारमा उल्लेख गरिएको छ ।

Leave a Reply