सिरियाको रमेलान तेल क्षेत्रको उत्पादन वृद्धि गर्न सिरियाली र अमेरिकी कम्पनीबीच साझेदारी | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

सिरियाको रमेलान तेल क्षेत्रको उत्पादन वृद्धि गर्न सिरियाली र अमेरिकी कम्पनीबीच साझेदारी

सिरियाको उत्तरपूर्वी प्रान्त हसाकाहमा अवस्थित रमेलान तेल क्षेत्रको उत्पादन बढाउनका लागि सिरियाली र अमेरिकी कम्पनीबीच साझेदारीको घोषणा गरिएको छ । सिरियाको सबैभन्दा ठूलो ऊर्जा स्रोतमध्ये एक मानिने यस तेल क्षेत्रको पुनःस्थापनाका लागि ’सिरिया पेट्रोलियम कम्पनी’ र अमेरिकास्थित एचकेएन इनर्जीले मङ्गलवार संयुक्त योजना सार्वजनिक गरेका हुन् । रमेलान क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा दुवै कम्पनीका प्रतिनिधिहरूले यहाँका सुविधाहरूलाई आधुनिकीकरण गर्ने र उत्पादनलाई क्रमशः वृद्धि गर्दै लैजाने लक्ष्य रहेको बताए । लामो समयदेखि जारी द्वन्द्वका कारण यस तेल क्षेत्रको उत्पादनमा पछिल्ला वर्षहरूमा उल्लेख्य गिरावट आएको थियो । यस पुनःस्थापना कार्यक्रममार्फत सन् २०२७ को अन्त्यसम्ममा कच्चा तेलको दैनिक उत्पादन २ लाख ५० हजार ब्यारेल पु¥याउने लक्ष्य राखिएको छ ।

Leave a Reply

ताजा समाचार