काठमाडौँ ।
आज देशभरको मौसममा साधारणतया बदली रही अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार पहाडी तथा तराईका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने देखिएको छ । आज दिउँसो देशभरको मौसममा बदली रहनेछ। देशका पहाडी भू–भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने पूर्वानुमान गरिएको छ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, हिमाली भेगका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ । यसैगरी, रातिको समयमा पनि देशभरको मौसममा साधारणतया बदली रहनेछ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका भू–भाग र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत मध्यम वर्षा हुने देखिएको छ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ । साथै, देशका हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।




