सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग

काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरीमा भएको घटनालाई लिएर सरकारको आलोचना गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसद यादवले उक्त घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

सांसद यादवले सुनसरी घटनाले राज्यको सुरक्षा व्यवस्था, प्रशासनिक तयारी र सरकारको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको बताउनु भयो । यति ठूलो घटना हुँदा पनि गृहमन्त्रीको मौनता र अनुपस्थितिमाथि समेत प्रश्न उठाउनु भयो । सांसद यादवले नेपाली काँग्रेस कुनैपनि प्रकारको हिंसा, धार्मिक वा सामुदायिक द्वेषको पक्षमा नरहेको स्पष्ट पार्दै सरकारको लापरवाहीका विरुद्ध पार्टी मौन नबस्ने चेतावनीसमेत दिनुभयो

Leave a Reply