काठमाडौँ । सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र सुरक्षा स्थितिका सम्बन्धमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु भएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधवार बिहान साढे ८ बजेदेखि बैठक शुरु भएको हो । सुनसरीमा हिंसात्मक गतिविधि बढेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले उक्त बैठक बोलाइएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूका साथै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत लगायतका शिर्ष नेताहरूको उपस्थिति रहेको छ । बैठकमा सुनसरीको वर्तमान अवस्थाको समीक्षा गर्दै शान्ति सुरक्षा सुदृढ तुल्याउने विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ ।
सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु
ताजा समाचार
काँग्रेसले भन्यो–सरकार स्ट्याटसमा मात्रै सिमित भयो
४० मिनेट अघि
देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै
१ घन्टा अघि




