काठमाडौँ । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ । बैठक आज बिहान सवा ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रश्तावित व्यक्तिहरू गुरूप्रसाद वाग्ले, ओखलढुङ्गा र डा. राजीव सुब्बा, काठमाडौंलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाई गर्ने सम्बन्धी कार्यसूचि रहेको छ ।




