१७ वटा मन्त्रालय कायम गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

काठमाडौं, ११ फागुन । सरकारले मन्त्रालयहरुको संख्या ३० बाट १७ मा झारेको छ । मन्त्रिपरिषद्को आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको संख्या १७ कायम गरी ती मन्त्रालयको नाम तय गरेको छ ।

संविधानले मन्त्रिपरिषद्को आकार २५ भन्दा ठूलो बनाउन बन्देज गरेको तथा प्रशासनिक पुनर्संरचना आयोगले मन्त्रालयको संख्या १५ वटा कायम गर्न सुझाव दिएको अवस्थामा सरकारले मन्त्रालयको संख्या ३० बाट १७ मा झारेको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा एमालेका पोलिट्ब्युरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । ओली यसअघि प्रधानमन्त्री हुँदा पनि रिमालले प्रमुख राजनीतिक सल्लाहकारको नियुक्ति पाएका थिए ।