काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले यातायात व्यवस्था विभागलाई इम्बोष्ड नम्बर प्लेट जडान गर्ने कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । प्रदेशको नामाङकन नभई यातायातका साधनमा विभागले प्रदेश एक, दुई भन्दै नयाँ नम्बर प्लेट जडान गर्दै आएको थियो ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले इम्बोष्ड नम्बर प्लेट जडान गर्ने विषयमा सरकारका नाममा कारण देखाउ आदेश समेत दिएको छ । वातावरणकर्मी भरत बस्नेतले इम्बोष्ड नम्बर प्लेटमा प्रयोग हुने चिप्सले मुलुकको सुरक्षा व्यवस्था जोखिममा पर्न सक्ने भन्दै तत्काल रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो । अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।