इण्डोनेसियामा यात्रुवाहक डुङ्गा दुर्घटनाः एकको मृत्यु, २४ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८३, शुक्रबार

इण्डोनेसियामा यात्रुवाहक डुङ्गा दुर्घटनाः एकको मृत्यु, २४ जना बेपत्ता

इण्डोनेसियाको दक्षिण सुलावेसी प्रान्तको तटीय क्षेत्रमा बुधबार एक यात्रुवाहक डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना बेपत्ता भएका छन् । इन्जिनमा आएको प्राविधिक समस्याका कारण डुङ्गा समुन्द्रमा डुबेको उद्धारकर्मीहरूले बिहीबार जानकारी दिएका हुन् । मकासारस्थित इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बसारनास) काअनुसार दुर्घटनामा परेकामध्ये हालसम्म ४९ जनाको जीवितै उद्धार गरिएको छ । बसारनास मकासार कार्यालयका प्रमुख मुहम्मद आरिफ अनवरले शुरुमा डुङ्गामा ५० जना यात्रु सवार रहेको सूचना प्राप्त भएपनि विस्तृत प्रमाणीकरणपछि उक्त सङ्ख्या ७४ रहेको पाइएको जानकारी दिए । अहिले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ । धेरै टापुहरू भएको इण्डोनेसियामा एक टापुबाट अर्को टापुमा आवतजावत गर्नका लागि फेरि र साना डुङ्गाहरू यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिन्छन् । भौगोलिक अवस्था र सुरक्षा मापदण्डको कमजोरीका कारण यहाँ यस्ता सामुन्द्रिक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।

Leave a Reply

ताजा समाचार