देशभर बदली र वर्षाको सम्भावनाः केही स्थानमा भारी वर्षा र हिमपातको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८३, शुक्रबार

देशभर बदली र वर्षाको सम्भावनाः केही स्थानमा भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ ।

मुलुकभरको मौसममा बदली भई विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभरको मौसम साधारणतया बदली रहनेछ । महाशाखाकाअनुसार दिउँसो देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका केही स्थानहरूमा समेत मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । तराई क्षेत्रको हकमा कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भाग, देशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ । हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहनेछ भने पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने देखिन्छ । महाशाखाकाअनुसार रातिको समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशकै तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसममा आउने यस्तो परिवर्तनका कारण आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Leave a Reply