केएमसीमा ६७ वर्षीय वृद्धको मस्तिष्कको जटिल ‘एभीएम’ को विना चिरफार सफल उपचारः नेपालकै पहिलो घटना भएको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

केएमसीमा ६७ वर्षीय वृद्धको मस्तिष्कको जटिल ‘एभीएम’ को विना चिरफार सफल उपचारः नेपालकै पहिलो घटना भएको दाबी

काठमाडौं ।

काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षको उमेरमा मस्तिष्कको रक्तनली फुटेका एक बिरामीको न्युरोइन्टरभेन्सन प्रविधिमार्फत विनाचिरफार सफल उपचार गरेको छ । कलेजकाअनुसार ६७ वर्षको उमेरमा ‘ब्रेन एभीएम’ (आर्टेरियोभेनस मालफर्मेसन) फुटेको बिरामीको यस प्रविधिबाट सफल उपचार भएको यो नेपालकै पहिलो घटना हो । पहिलेदेखि नै कलेजोको दीर्घकालीन रोगबाट पीडित ६७ वर्षीय हरिप्रसाद कँडेल अचानक बेहोस भएपछि उनलाई उपचारका लागि केएमसीको आकस्मिक कक्षमा पु¥याइएको थियो । अस्पतालमा गरिएको सीटी स्क्यानमा उनको मस्तिष्कको असामान्य स्थानमा ठूलो मात्रामा रक्तस्राव (हेमाटोमा) देखिएको थियो । रक्तस्रावको प्रकृति जटिल भएकाले वास्तविक कारण पत्ता लगाउन अस्पतालको अत्याधुनिक बाइप्लेन क्याथल्याबमा ‘डीएसए एन्जियोग्राफी’ परीक्षण गरियो । न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा गरिएको उक्त परीक्षणबाट कँडेलको मस्तिष्कमा रगत पु¥याउने धमनी र फर्काउने शिराबीच जन्मजात बनेको असामान्य रक्तनलीको जालो (एभीएम) फुटेर रक्तस्राव भएको पुष्टि भयो । उपचार प्रक्रियामा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलको टोली पनि संलग्न थियो ।

चिकित्सकहरूकाअनुसार एभीएम एक दुर्लभ जन्मजात विकृति हो, जुन सामान्यतया युवावस्थामै देखिने वा फुट्ने गर्दछ । ६७ वर्षको उमेरमा यस्तो समस्या देखिनु र फुट्नुलाई अत्यन्त दुर्लभ र उच्च जोखिमपूर्ण मानिन्छ । बिरामीको अवस्थालाई दृष्टिगत गर्दै चिकित्सकहरूले परम्परागत शल्यक्रिया (टाउको खोल्ने विधि) को सट्टा न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधि अपनाएका थिए । यस प्रक्रियामा तिघ्राको रक्तनलीबाट एउटा सानो क्याथेटर मस्तिष्कसम्म पु¥याएर स्टेन्ट र बेलुनको सहयोगले फुटेको एभीएमलाई सुरक्षित रूपमा बन्द गरियो । जटिल उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ । उपचारमा संलग्न डा. अरुण पौडेलकाअनुसार मस्तिष्कमा असामान्य स्थानमा रक्तस्राव देखिएमा त्यसलाई सामान्य स्ट्रोक मात्र नमानी विशेषज्ञद्वारा सुक्ष्म मूल्याङ्कन गराउनु आवश्यक हुन्छ । समयमै सही पहिचान र आधुनिक प्रविधिको प्रयोगले यस्ता गम्भीर अवस्थाका बिरामीको ज्यान बचाउन सकिने उहाँले बताउनु भयो । उपचारपछि पूर्ण रूपमा निको हुनुभएका हरिप्रसाद कँडेल र उनका परिवारले सफल उपचा

Leave a Reply

ताजा समाचार