काठमाडौं ।
आज चार वटा संसदीय समितिको बैठक बस्दैछन् । बिहान साढे ८ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व. ०८२/८३ मा राष्ट्रिय योजना आयोगबाट भएगरेका मुख्य–मुख्य कामकारबाही सम्बन्धमा, १६ औं आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाहरूको कार्यप्रगतिको अवस्थाबारे छलफल हुनेछ । दिउँसो १ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मधेश प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।




