राष्ट्रिय विपद् प्राधिकरणको बैठक: मनसुन जोखिमबारे अद्यावधिक विवरण संकलन | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

राष्ट्रिय विपद् प्राधिकरणको बैठक: मनसुन जोखिमबारे अद्यावधिक विवरण संकलन

काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिमलाई न्युनिकरण गर्न सबै सरोकारवाला निकायसँगको समन्वयलाई तिब्र बनाएको छ । प्राधिकरणको आईतवार बसेको बैठकमा मनसुनजन्य विपद्को तयारी र सरोकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अद्यावधिक गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोईरालाले मनसुन अवधिमा जनधनको क्षति न्युनिकरणका लागि सरकार पूर्ण तयारीमा रहेको बताउनु भयो । उहाँकाअनुसार असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो । सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार सबै क्लस्टर लिडर, को–लिडर, सडक, सिंचाई लगायतका विभागीय प्रमुख तथा विपद् सम्पर्क व्यक्तिहरूलाई बोलाएर मन्त्रीस्तरीय निर्देशन कार्यान्वयनको प्रगति विवरण संकलन गरिएको हो । संकलन गरिएको विवरण गृहमन्त्रीलाई बुझाउने उहाँले जानकारी दिनुभयो ।

उच्च शतर्कता अपनाउन आग्रह
उहाँले हाल देशभर मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एड्भाइजरी जारी गरिरहेको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार आईतवार राति र सोमबार पूर्वीक्षेत्र तथा मधेसका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च शतर्कता अपनाउन आग्रह गर्दै एड्भाइजरी जारी गरिएको छ । प्राधिकरणले नागरिकलाई जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा प्राधिकरणले जारी गर्ने एड्भाइजरी नियमित रूपमा पालना गर्न आग्रह गरेको छ । समयमै सूचना पालना गरेमा जनधनको क्षति न्युनिकरण गर्न ठूलो सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।विभागले गरेको मौसमको पूर्वानुमानका आधारमा आवश्यक पर्दा प्राधिकरणले निरन्तर एड्भाइजरी जारी गर्ने गरेको छ । मनसुन अवधिभर जोखिमको अवस्था हेरेर आवश्यक सूचना र सतर्कता जारी गर्ने गरिएको प्रमुख कोईरालाले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार