काठमाडौं ।
प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार असफल भईसकेको टिप्पणी गर्नु भएको छ । गणेश नेपाली मृत्यु प्रकरणलाई दृष्टान्तको रुपमा पेश गर्दै उहाँले वर्तमान सरकार चरम असफलतातर्फ उन्मुख भएको जिकिर गर्नुभएको हो । नेता पुनले संसद भवन अगाडि पे्रमे आश्चार्यको आत्मदाहसम्बन्धि घटनाको स्मरण गराउँदै आफूले उक्त घटनालाई राज्यको चरम असफलता हो भनि गरेको टिप्पणी समेत प्रधानमन्त्री बालेन्द्र साहलाई स्मरण गराउनु भयो । उहाँले प्रधानमन्त्री साहलाई गरिव, दुःखी र विपन्न नागरिकले बाँच्न नपाउने हो ? भनि सरकारलाई सरकारलाई प्रश्न समेत गर्नुभयो ।नेता पुनले वर्तमान सरकारले गरिवलाई गरेर खाने वातावरण समेत नदिएको गुनासो गर्नुभयो ।





