सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले यथेष्ट जानकारीको अभावमा नागरिकले सरकारले उपलब्ध गराएको अवसर पनि उपयोग गर्नबाट वञ्चित हुनु परेको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले नेपालको अवसरको कमी नभएको तर सामान्य नागरिकले त्यसको जानकारी नपाउँदा समस्या हुने गरेको पनि स्पष्ट पार्नुभयो । सांसद श्रेष्ठले सरकारको नीतिबारे नागरिकले जानकारी पाए, नपाएकोबारे गम्भिर समिक्षा गरेर सोहीअनुसार कार्यक्रम बनाएर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले साना तथा मझौला सबै व्यवसायीले अनुदान पाईन्छ भन्ने जानकारी नपाउँदा उनीहरुमध्ये धेरैजसो उक्त अवसर लिनबाट बञ्चित भएको दृष्टान्त पेश गर्दै नागरिकलाई राज्यले दिने अवसरबारे जानकारी गराउने कुरामा सरकारले आफनो क्षमता बढाउनुपर्ने पनि बताउनु भयो ।
सांसद श्रेष्ठले भन्नुभयो,‘नेपालका साना तथा मझौला उद्योग हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । नेपालको करिव ९८ प्रतिशत व्यवसाय यही व्यवसाय हुन, जसले अर्थतन्त्रमा करिव २२ प्रतिशत योगदान पु¥याएको छ । सरकारले पनि यसमा राम्रो नीति ल्याईरहेको अवस्था छ । तर आज हामीले कुनै उद्यमीलाई उद्यम गर्न चाहने युवा, महिला अथवा गरिरहनु भएकोलाई सोध्यो भने कि सरकारबाट तपाईले पाउनु हुने अनुदान, तालिम, सर्पोट सिष्टम कसरी लिईरहनु भएको छ भनेर सोध्दाखेरी जवाफ आउने गरेको छ–के पाउँछौँ, इन्फरमेशन पाउन नै गाह्रो छ । हाम्रो चुनौति यही नै हो । नेपालमा अवसरको कमी हुदै होइन । अवसरको जानकारी पहुँच भने अझ पनि सीमित छ । अव हामीले नीति बनाउनेसँगै नीति नागरिकसम्म पु¥याउने क्षमता पनि विकास गर्नु पर्दछ । नियमित रुपमा नागरिकले सरकारको योजनाबारे कसरी जानकारी पाईरहेका छन् भनेर गहन समिक्षा गर्न जरुरी छ ।’
सांसद श्रेष्ठले सरकारले आफ्ना नीतिहरु नागरिकसम्म पु¥याउने क्षमता पनि विकास गर्न आवश्यक रहेको बताउनु भयो ।




