सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाबासीले राखे सरकारसँग यस्तो माग | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाबासीले राखे सरकारसँग यस्तो माग

सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाका पीडितहरुले उचित क्षतिपूर्तिको व्यवस्था नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएका छन ।

sadak

काठमाडौं, १० फागुन । सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाका पीडितहरुले उचित क्षतिपूर्तिको व्यवस्था नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएका छन ।

सडक विस्तारपछि उचित क्षतिपूर्तिको व्यवस्था नगरिएको भन्दै पीडितहरुले बुधबार माईतीघर मण्डलामा उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै नयाँ सरकारलाई पनि दबाव दिन सुरु गरेका हुन । नयाँ सरकारले पनि आफूहरुको माग सम्बोधन नगरे कडा संघर्षमा जान बाध्य हुने चेतावनी दिइएको छ ।

उचित विकल्प तयार नभई सडक विस्तारको नाममा आफूहरुको बाससमेत उठाएको भन्दै पीडितहरुले विगत २ वर्षयता सरकार विरुद्ध संघर्ष गर्दै आएका छन । नगर विकास प्राधिकरणले कामै नगरेको भन्दै तत्काल खारेज गर्न पनि पीडितहरुको माग छ । दबाव अभियानमा सहभागी वृद्धवृद्धाहरुले आफूहरुलाई बुढेस्कालमा घरबारबिहिन बनाएकाले सरकारविरुद्ध संघर्ष गर्नु परेको बताएका छन । स्थानीय नेताहरुलेसमेत आफूहरुलाई दुःख दिने गरेको पीडितको गुनासो छ ।

पीडितहरुले संवैधानिक व्यवस्था अनुसार बास बस्न पाउने नागरिकको हक खोस्ने अधिकार कसैलाई पनि नरहेको भन्दै उचित क्षतिपूर्तिका व्यवस्था गर्न माग गर्दै आएका छन ।