सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता छः गगन थापा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता छः गगन थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित सरकारको सय दिन र १०० बुँदे कार्यक्रमबारे पार्टी संयन्त्रको समीक्षामा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारको कार्यशैली नागरिकको उठिबास लगाएर सामाजिक सञ्जालमा चर्चा कमाउने कार्यमा सिमित रहेको उहाँको टिप्पणी छ । सभापति थापाले भूमिहीनको समस्या समाधान गर्नु राज्यको दायित्व भएपनि वैकल्पिक व्यवस्थापनबिना टोल टोलमा डोजर आतंक मच्चाएको समेत आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता छ । सरकारलाई वास्तविक जीवनको सवालभन्दा पनि लोकप्रियताको चिन्ता रहेको पाउँछौँ । यसलाई उदाहरणबाट पनि बुझ्न सकिन्छ । नेपालमा भूमिहीनको समस्या संरचनागत समस्या हो । लामो समयदेखि छ । संविधान निर्माणनको समयमा म स्वयं सदस्य समेत रहेको र समितिको संयोजक नै भएर काम गरेको कारणले गर्दा म त्यो समयमा भएका छलफलहरु याद गर्छु । हामीले जतिखेर दलितको  हक लेखेका छौँ । भूमिहीन दलितले प्राप्त गर्ने विशेष अधिकारको बारेमा छुट्टै लेखेका छौँ । अहिले सरकारले व्यवस्थापन गर्ने भनेर उठिबास लगाइदिएको छ, टोल टोलमा डोजर पुर्याएको छ । यो प्रक्रियागत भएन ।’
उहाँले सरकारले मुलुकका दलित समुदायसँग माफी माग्ने कुरा सकारात्मक रहेको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले सिंहदरबारबाट गर्नुपर्ने शासकीय सुधारका कामहरु सिंहदरबारबाटै सञ्चालन गर्नेकुरा हेर्दा सामान्य भएपनि सकारात्मक संकेत भएको पनि बताउनु भयो ।

Leave a Reply