लेबनानमा सैन्य हस्तक्षेप गर्ने सिरियाको कुनै मनशाय छैनः विदेश प्रमुख अल–शैबानी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

लेबनानमा सैन्य हस्तक्षेप गर्ने सिरियाको कुनै मनशाय छैनः विदेश प्रमुख अल–शैबानी

सिरियाका विदेश मामिला प्रमुख असाद अल–शैबानीले सिरियाको लेबनानमा सैन्य हस्तक्षेप गर्ने कुनै सोच वा मनसाय नरहेको स्पष्ट पार्नुभएको छ । लेबनानको औपचारिक भ्रमणका क्रममा उनले सिरियाली अधिकारीहरू आपसी सम्मान र लेबनानको स्थिरतामा आधारित सम्बन्ध निर्माण गर्न इच्छुक रहेको बताउनु भयो । लेबनानको बाब्दास्थित राष्ट्रपति भवनमा राष्ट्रपति जोसेफ आउनसँगको भेटवार्तापछि पत्रकारहरूसँग बोल्दै अल–शैबानीले भन्नुभयो, ‘लेबनानमा सम्भावित सिरियाली सैन्य हस्तक्षेपका बारेमा बाहिर आएका भ्रमपूर्ण रिपोर्टहरूलाई चिर्न सिरियाली प्रतिनिधिमण्डल यहाँ आएको हो । सिरियाले यस्तो कुनैपनि कदम चाल्ने मनसाय राखेको छैन ।’

भेटका क्रममा अल–शैबानीले सिरियाली सरकार लेबनानको स्वायत्त निर्णयको सम्मान गर्ने र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले लेबनानको स्थिरता सिरियाको पनि हितमा रहेकोमा जोड दिनुभयो । सिरियाली नेतृत्वले विगतका आपसी हस्तक्षेपहरूलाई अन्त्य गर्दै सबै लेबनानी पक्षहरूसँग सहकार्य बढाउन र सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न चाहेको उनले बताउनु भयो । सो अवसरमा सिरियाली पक्षले खाडी मुलुकहरूसँग मिलेर लेबनान–सिरिया आर्थिक साझेदारी निर्माण गर्ने प्रश्ताव समेत अघि सारेको छ । आर्थिक, ऊर्जा र अन्य क्षेत्रमा सहकार्य विस्तार गर्न नवगठित संयुक्त उच्च समितिको भुमिका महत्वपूर्ण हुने अल–शैबानीले उल्लेख गर्नुभयो । लेबनानी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति आउनले सिरियासँगको भ्रातृत्वपूर्ण सम्बन्धलाई सहकार्य, समन्वय र एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्तमा आधारित बनाउन लेबनान प्रतिवद्ध रहेको पुनः पुष्टि गर्नुभएको छ । उहाँले संयुक्त उच्च समितिको गठनको स्वागत गर्दै सिरियाली अन्तरिम नेता अहमद अल–शाराको सिरियाको भुमिका विगतको जस्तो हुनेछैन भन्ने भनाइको प्रशंसा गर्नुभयो ।

Leave a Reply

ताजा समाचार