अङ्कारामा हुने नेटो शिखर सम्मेलनमा रक्षा उद्योगलाई प्राथमिकता दिइने | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

अङ्कारामा हुने नेटो शिखर सम्मेलनमा रक्षा उद्योगलाई प्राथमिकता दिइने

टर्किएका विदेशमन्त्री हाकान फिदानले अङ्कारामा आयोजना हुने आगामी उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) शिखर सम्मेलनमा रक्षा उद्योगले प्राथमिकता पाउने घोषणा गर्नुभएको छ । सम्मेलनको अवसरमा रक्षा उद्योगको विषयमा केन्द्रित रहेर एक विशेष मञ्च (फोरम) समेत आयोजना गरिने उहाँले जानकारी दिनुभयो । राजधानी अङ्कारामा भ्रमणमा रहनुभएका किर्गिस्तानका विदेशमन्त्री जीनबेक कुलुबायेभसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै फिदानले आगामी जुलाई ७ र ८ मा हुने शिखर सम्मेलनका मुख्य एजेण्डाहरूका बारेमा प्रस्ट पार्नुभयो ।रक्षा उत्पादन र पूर्वतयारीका विषयहरू अहिले नेटोको उच्च प्राथमिकतामा परेको उहाँले उल्लेख गर्नुभयो । फिदानकाअनुसार शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले अघिल्ला दुई सम्मेलनका निर्णयहरूको समीक्षा गर्ने अपेक्षा गरिएको छ । यसका साथै जिम्मेवारी बाँडफाँट, ‘नेटो ३.०’ का रूपमा विकसित भइरहेको रणनीतिक दृष्टिकोण र वर्तमान द्वन्द्व तथा बढ्दो विश्वव्यापी अस्थिरताका बीच युरोपेली प्रतिरोधक क्षमता सुदृढ गर्ने विषयमा समेत विस्तृत छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार