काठमाडौं ।
नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तिय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाउनुभएको छ । शुक्रवार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरुको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । सांसद झाँक्रीले साना साना आयोजनहरुका लागि विनयोजन गरिएको बजेटलाई हेर्दा सरकारले वित्तीय अनुशासन पालना नगर्ने स्पष्ट भएको दाबी गर्नुभयो ।
उहाँले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थतन्त्रको स्वरुप परिवर्तन गर्ने भनेपनि सोहीअनुसार बजेट नआएको जिकिर गर्नुभयो । सांसद झाँक्रीले बजेटले जनताको समृद्धिको अभियानलाई छुन नसकेको पनि बताउनु भयो ।




