सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले राष्ट्रिय चिया लिलाम बजार तत्काल स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले उक्त माग गर्नुभएको हो । सांसद अर्यालले सरकारले उक्त बजार स्थापना नगरेको कारण नै नेपालको चियाको प्रवद्र्धन अन्तराष्ट्रिय बजार हुन नसकेको तथ्य पनि औँल्याउनु भयो । उहाँले चियाँ निर्यात सम्बन्धि उचित कानूनको तर्जुमा गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।सांसद अर्यालले विश्व चिया बजारमा नेपालको उपस्थिति गराउन पनि सरकारले यस सम्बन्धि उचित नीतिहरु निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply