काठमाडौं ।
तिपक्ष दल नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद सम्झना देवकोटाले निर्माणाधिन आधारभुत स्वास्थ्य अस्पतालको निर्माणका कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको खर्च कटौतिको प्रश्ताव पेश गर्दै उहाँले उक्त माग गर्नुभएको हो ।
आमा सुरक्षा, ज्येष्ठ नागरिक सुरक्षा, गर्भवती, नवराज शिशु सुरक्षा जस्ता सेवाहरु दिनका लागि पनि सरकारले उक्त अस्पतालहरुको निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने सांसद देवकोटाको भनाई थियो । उहाँले सरकारले स्वास्थ्य सेवामा सबै नागरिक पहुँच अभिवृद्धि गर्न पनि त्यस क्षेत्रको थप बजेटको व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो ।सांसद देवकोटाले स्वास्थ्य संस्थाहरुको पूर्वाधार निर्माणमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।




