देशभर वर्षा र हिमपातको सम्भावना, चार प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

देशभर वर्षा र हिमपातको सम्भावना, चार प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ । दिउँसोको समयमा देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ । यस अवधिमा पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनसक्ने विभागले जनाएको छ । रातिको समयमा देशभरको मौसममा साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानहरूका साथै कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै, देशका पहाडी तथा तराईका केही भू–भागमा पनि मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरिएको छ । विभागकाअनुसार आज राति कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । मौसममा आउने यस्तो परिवर्तनका कारण आवश्यक शतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

Leave a Reply