सरकारले विपन्न नागरिकलाई पीडा मात्रै दिने काम गरेको राष्ट्रिय सभाका सांसदहरुको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

सरकारले विपन्न नागरिकलाई पीडा मात्रै दिने काम गरेको राष्ट्रिय सभाका सांसदहरुको आरोप

काठमाडौँ ।

राष्ट्रिय सभाका सांसदहरुले सरकारले गरिव नागरिकलाई पीडा दिने काम मात्रै गरेको आरोप लगाएका छन् । बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले जनताको जल्दाबल्दा समस्याको सम्बोधन नगरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरेका छन् । सांसद दुर्गा गुरुङले कीर्तिपुरको होल्डिङ सेन्टरमा पीडादायी जीवन बिताईरहेका डम्बर तामाङलाई पक्राउ गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले सरकारले संविधान र कानून विपरित नागरिकले आफनो जीवनयापनका लागि याचना गर्दा पनि पक्राउ गरेको भन्दै तत्काल रिहाई गर्न पनि माग गर्नुभयो

।सांसद जयन्तिदेवी राईले संखुवासभाको सिदुवा खोलामा आएको बाढीले सयाँै घरबारविहीन हुँदा पनि सरकारले वास्ता नगरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले उक्त ठाउँमा पीडामा परेका नागरिकलाई तत्काल राहत दिई उपयुक्त बसोबासको व्यवस्था तत्काल गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।जनताको जल्दाबल्दा विषयमा संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ समेत नदिएको पनि सरकारप्रति सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सांसद नरबहादुर विष्टले सुशासन र पारदर्शीताको कुरा गर्ने सरकारले सांसदहरुले संसदमा उठाएको प्रश्न नदिनुको कारण के हो ? भनि प्रश्न समेत गर्नुभयो ।सांसद विष्टले सरकार नागरिकप्रति जिम्मेवार नभएको गुनासो पनि गर्नुभयो ।

Leave a Reply

ताजा समाचार