लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यकः महालेखा परीक्षक राया | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यकः महालेखा परीक्षक राया

महालेखा महालेखा परिक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा संगठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताउनुभएको छ । सोमवार महालेखा परीक्षक कार्यालयको ६८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लेखापरीक्षणलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन सूचना प्रविधिको प्रयोग हुँदै आए पनि त्यसलाई अझ परिष्कृत गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले सूचना प्रविधिमा आधारित प्रणालीलाई सुदृढ बनाउन थप स्रोतसाधन आवश्यक रहेको बताउनु भयो । महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक हुने लेखापरीक्षण प्रतिवेदनप्रति जनअपेक्षा बढ्दै गएको उहाँको भनाई छ । उहाँले कार्यलयले गुणस्तरीय लेखापरीक्षणमार्फत जनविश्वास कायम राख्ने र संस्थाको साख अभिवृद्धि गर्ने गरी कार्य व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

उहाँले कार्यलयले चालु आर्थिक वर्षदेखी लागू हुनेगरी रणनीतिक योजना २०८२/८३– २०८६/८७ स्वीकृत गरी कार्यन्वयनमा ल्याएको जानकारी दिनुभयो । लेखा परिक्षणको क्रममा स्थलगत अनुमगन गर्ने गरेको उहाँको भनाई छ । आगामी वर्ष प्रत्येक प्रदेशका तीन जिल्ला समेट्नेगरि २१ जिल्लामा लेखा परिक्षणको क्रममा स्थलगत अनुगमन गर्ने र सरोकारवालाहरुको गुनासो र सुझाव लिने बताउनु भयो । उहाँले सार्वजानिक क्षेत्रको लेखापरीक्षणलाई पारदर्शी र प्रभावकारी बनाउन सरोकारवालाहरुसंग विभिन्न चरणमा छलफल गर्ने जानकारी दिनुभयो ।महालेखाले २०८१/८२ मा ५ हजार ५ सय २६ वटा निकाय तथा कार्यलयको ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण गरिएको जानकारी दिनुभयो । सोमध्ये वित्तिय लेखा परिक्षणतर्फ ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम हुन आएको बताउनु भयो । उहाँले प्रतिवेदन अवधीसम्म ६३ अर्ब १२ करोड ९५ लाख रुपैयाँ सम्परिक्षण भएको र सोमध्ये लेखा परीक्षण तथा संपरीक्षणबाट १४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ असुल भएको जानकारी दिनुभयो ।

Leave a Reply